झापाका संक्रमित बृद्धको मोरङमा उपचारको क्रममा निधन
खबर एक्सप्रेस
२०७७-०६-०७ १०:५७ मा प्रकाशित
Total Shares: 333
विराटनगर - झापाका कोरोना संक्रमितको मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारको क्रममा निधन भएको छ ।
मृत्यु हुनेमा बुढीगंगा गाँउपालिकास्थित अस्पतालमा झापा भद्रपुर ८ का ८६ वर्षीय बृद्ध रहेका छन् ।
उनको उपचारका क्रममा बुधबार बिहान करिब ५ बजेर ५० मिनेटमा मृत्यु भएको हो । भदौ ३ गते बिरामी बृद्धको स्वाब नमूना संकलन गरी पठाउँदा ५ गते रिपोर्ट पोजिटिभ आएको थियो।
बृद्धमा मधुमेहसँगै मिर्गौलाको पनि समस्या रहेको बताइएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट हालसम्म ५७ जनाको निधन भइसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस