वेस्टर्न् युनियनको ‘क्यास उत्सव’ को बम्पर विजेता घोषणा
काठमाडौं - रेमिट्यान्स सेवा प्रदायक कम्पनी वेस्टर्न् युनियनले दशैँ, तिहार र छठ लक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले लक्की ड्र मार्फत गरेको छनोटमा मस्तिका नेपाली विक विजेता भइन् ।
उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकि थिइन्। उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख श्री सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख श्री शंकर के.सि .ले संयुक्त रुपमा ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरी असोज १ देखि कार्तिक २५ सम्म योजना संचालन गरेको थियो । योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले २०/२० हजार जितिसकेका छन् ।
नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट- ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सबएजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएका कम्पनीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस