आजको प्रतिनिधिसभा बैठकमा एमालेका अध्यक्ष ओली बोल्दै
खबर एक्सप्रेस
२०७८-०४-२६ ११:२१ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएका ओलीले प्रतिनिधिसभा बैठकमा आज पहिलो पटक सम्बोधन गर्न लागेको भट्टराईको भनाइ छ ।
सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागी भएका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस