साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०८-१० ०९:०५ मा प्रकाशित
Total Shares: 244
काठमाडौं, एजेन्सी - साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् ।
कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।
खानीभित्र फँसेका सबै जनाको मृत्यु भएको हुन सक्ने रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस