राजु गुरुङको रिट न्यायाधीशद्वय माथेमा र रेग्मीको संयुक्त इजलासमा
खबर एक्सप्रेस
२०७९-०७-०२ ११:३० मा प्रकाशित
Total Shares: 154
काठमाडौं - रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।
रिट न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । असोज ३० गते सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस