काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणबाट जोगिन तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न माग गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले यस्तो माग गरेकी हुन्।
‘जिल्ला प्रशासनले भिडभाडमा नजानु, घर बाहिर ननिस्किनु भनेर सर्कुलर गरेको परिपत्रहरू हामी पढ्न पायौँ,’ उनले भनिन्, ‘एकातिर जिल्ला प्रशासनले सर्कुलर गरेको छ भने अर्काेतिर हाम्रा लाखौँ बालबालिकाहरू स्कुल जानलाई बाध्य भइराखेका छन्। चैत ५ गतेसम्म स्कुल बन्द नगर्ने भनेर पनि अर्काेतर्फ सूचना आइरहेको छ। सभामुखज्यूमार्फत सरकारलाई तत्कालै स्कुलहरू पनि बन्द गर्ने निर्देशन दिन आग्रह गर्दछु।’
कोरोना संक्रमण : स्कुल र कलेज तत्कालै बन्द गर्न कांग्रेसको माग
खबर एक्सप्रेस
फाल्गुन २३, २०७६
४०८


.gif)

