‘बढ्दो दम्भ, घमण्ड र तिरस्कारलाई पचाएर पार्टी बचाउँछौ’
काठमाडौं - नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, घमण्ड र तिरस्कारलाई पचाएर पार्टी बचाउने बताएकी छन् ।
दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो रहेको टिप्पणी गर्दै झाँक्रीले शनिबार सामाजिक सञ्जालमार्फत त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प लिएको बताएकी हुन् । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने पनि उनले बताएकी छन् ।
लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको पार्टीको बिरासत र आन्दोलनलाई सम्पूर्ण शक्ति र सामर्थ्यका साथ विसर्जन हुनबाट बचाउनु अहिलेको युगिन दायित्व भएको उनको भनाई छ ।
दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ ।’ उनले भनेकी छन्, ‘लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो ।’
झाँक्री वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षकी नेतृ हुन् । सो पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छ । ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बहिस्कार गर्दै आएकबो सो पक्ष शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा भने सहभागी भएको थिए । गत फागुन २८ गते पार्टी ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल-नेपाल पक्ष रुष्ट बनेको छ ।
फेसबुक पेज Like गर्नुहोस