मेगा बैंकले गर्याे १२.७ प्रतिशत लाभांश प्रस्ताव
खबर एक्सप्रेस
२०७८-०७-२४ ११:१० मा प्रकाशित
Total Shares: 473
काठमाडौं - मेगा बैंकले सेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ । सेयर धनीलाई बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस