काठमाडौं - चिकित्सकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताए । उनका अनुसार प्रधानमन्त्री बोल्न सक्छन् ।

उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था जटिल होइन, सामान्य छ । प्रधानमन्त्री ज्यू बोल्न सक्नुहुन्छ, तर दुखाइ कम गर्न औषधि दिएको हुँदा उहाँलाई आराम गराइएको छ । बोल्न दिइएको छैन ।’ संक्रमणको जोखिमका कारण प्रधानमन्त्रीलाई भेट्न समेत नदिइएको प्राध्यापक डा। खड्काले बताए ।