नेपालमा थपिए ५३ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७९-०६-१० ०४:२३ मा प्रकाशित
Total Shares: 159
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सँगै देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् । आज ८४ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस