काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेकपाका आफ्नै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा भएको १८ जनाको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ । प्रदेश सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रकै सांसदहरु असन्तुष्ट छन् ।

सांसदहरुले नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन् ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।