काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ ।

आइतबार दिउँसो  २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मलेनमार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको पार्टी प्रवक्ता एवं केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष सडक संघर्षमा छ । ओलीको उक्त कदम असंवैधानिक रहेको दाबी गर्दै सो पक्षले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।