काठमाडौं - साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ एक सय रुपैयाँ घटेर ७१ जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तथा चाँदी ७ सय ३३ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार तेजावी सुन ७१ हजार ४ सय तथा चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

.gif)



