आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स
खबर एक्सप्रेस
२०८०-०५-१२ ०८:४५ मा प्रकाशित
Total Shares: 143
काठमाडौं - आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।
भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ ।
त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् । हप्ताको एक दिन एक उडानबाट सेवा शुरू गरेर मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस