काेराेना निकाे हुनेको सङ्ख्या २९०
खबर एक्सप्रेस
२०७७-०२-२२ ०५:४४ मा प्रकाशित
Total Shares: 273
काठमाडौं - काेराेना भाइरसकाे सङ्क्रमणबाट थप १२ जना निकाे भएर डिस्चार्ज भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २९० पुगेको छ ।
पुरुष २३४ र महिला ५६ जनालाई पूर्ण रुपमा निको भएको छ । आज डिस्चार्ज हुनेमा नारायणी अस्पताल वीरगंजबाट ५ जना ९ आैं दिनमा र कलैया अस्पताल बाराबाट ७ जना १० दिनदेखि १७ दिनमा निको भएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस