काठमाडौंमा ९ सहित देशभर १९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो
खबर एक्सप्रेस
२०७७-०६-१९ ०४:४४ मा प्रकाशित
Total Shares: 284
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ महिलासहित ६ पुरुषको ज्यान गएको छ भने ललितपुरमा तीन वर्षिय बालकसहित ४ जनाको ज्यान गएको छ।
यस्तै उपत्यकामा १५ सय ३१ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ११७८, भक्पुर १०३ र ललितपुरमा २५० संक्रमित थपिएका हुन्।
देशभर २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २४ घण्टामा १९ जनाको मृत्यु भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस