आम हड्तालको समर्थन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सडकमा
खबर एक्सप्रेस
२०७७-१०-२२ ०३:०२ मा प्रकाशित
Total Shares: 354
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन्। उनी सातदोबाटो क्षेत्रमा बन्द सफल गराउन निस्केका हुन् ।
काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएका हुन् । सातदोबाटोमा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, देव गुरुङ लगायतका नेताहरु पनि सहभागी थिए ।
पुस ५ गते संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सपथ तथा भूमि आयोग गठन गरेपछि बुधबार नै यो समूहले आम हड्तालको आयोजना गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस