काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् । बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए। बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरिएको थियो ।