काठमाडौं - यति बेला नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।
आज एकै दिन तोलामा २२ सय रुपैंयाले बढेर इतिहास रचेको छ । आज प्रतितोला ८० हजार ५ रुपैंयामा कारोवार भइरहेको नेपनल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यसैगरी ,तेजावी सुन ८० हजार २ सय रुपैंयामा कारोवार भइरहेको महासंघले बताएको छ । यता, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । गएको फागुन १२ गते सुन तोलाको ८० हजार ३ सय सम्म पुगेको थियो ।
तोलामा २२ सय बढेर सुनको भाउले इतिहास रच्यो
खबर एक्सप्रेस
फाल्गुन २१, २०७६
६७९


.gif)

