एमसीसीबारे फेरि बोले बाबुराम, ‘शंकाले लंका खाने भो !’
काठमाडौं - केहि समयदेखि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा वकालत गरिरहेका जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई फेरि एमसीसीको पक्षमा बोलेका छन् ।
एमसीसी सम्झौताबारे जनस्तरमा दूरदराजका गाउॅ-गाउॅसम्म ठूलो आशंका, भ्रम ब्याप्त रहेकाले सरकारले नै सबै जनतालाई नेपाली र सबै प्रमुख राष्ट्रिय भाषामा सम्झौताका सबै दस्ताबेज/पत्र अनुवाद गरेर बाँड्नुपर्ने भट्टराईले बताए ।
‘एमसीसी सम्झौताबारे जनस्तरमा दूरदराजका गाउॅ-गाउॅसम्म ठूलो आशंका,भ्रम ब्याप्त रहेकाले नेपाल सरकारले एमसीसी नेपालमार्फत् नेपाली र सबै प्रमुख राष्ट्रिय भाषामा सम्झौताका सबै दस्ताबेज/पत्र अनुवाद गरेर स्थानीय सरकारमार्फत् नि:शुल्क जनतामा बॉड्नु उपयुक्त होला। नत्र शंकाले लंका खाने भो !’ भट्टराईले ट्विट गर्दै भने । एमसीसीकै विषयमा यसअघि नेकपा एमालेका नेता डा. भीम रावलसँग भट्टराईको जुहारीसमेत चलेको थियो ।
एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धनमा समेत सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन् भने सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल दबाबमा परेका छन्। यसले सत्ता गठबन्धनको भविष्य पनि अन्योलमा परेको छ ।
फेसबुक पेज Like गर्नुहोस