सरकारले बढायो सार्वजनिक सवारीसाधनको भाडा
काठमाडौं - सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो ।
तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए । उनका अनुसार रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिने छ ।
तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनको भनाइ छ । रुस-युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेलको भाउ लगातार बढिरहेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस