नागरिकतासम्बन्धी अध्यादेशको अर्को सुनुवाइ बिहीबार
खबर एक्सप्रेस
२०७८-०२-२१ ०८:२७ मा प्रकाशित
Total Shares: 339
काठमाडौं - सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन)अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुदाहुँदै समयमा अभावका कारण बिहीबारलाई राखिएको हो । सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन् ।
अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन् ।
फेसबुक पेज Like गर्नुहोस