लुम्बिनी प्रदेशसभाको बैठक एमालेद्वारा अवरुद्ध
काठमाडौं - प्रमुख विपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकको सुरुमै एमालेका सांसद्हरुले सिटबाट उठेर रोष्टममा नाराबाजी गरेका हुन् ।
सूर्य चिन्हबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।
सोमबार बिहान नै सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाउँदै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक-पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम आचरण नगरेको र सदस्यबाट नहटाएको भन्दै सदन चल्न नदिने बताएका थिए ।

.gif)


फेसबुक पेज Like गर्नुहोस