काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४०१ जनाको स्वाब परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।  यससँगै कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ४७३  पुगेको छ ।