संविधान संशोधनको प्रक्रिया सुरु भइसक्यो : महामन्त्री थापा
खबर एक्सप्रेस
२०८१-०८-२२ ०७:०५ मा प्रकाशित
Total Shares: 84
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
शनिबार विराटनगरमा नेपाली कांग्रेस कोशीको प्रथम प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले संविधान संशोधनको प्रक्रिया सुरु भइसकेकोले भ्रम नछर्न आग्रह गरे । उनले कांग्रेस र एमालेबीचको गठबन्धन मुलुकको लागि गरिएको बताए ।
साथै अपराध र भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनै पर्ने उनको माग छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस