काठमाडौं - पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा मेयर आर्चाय घाइते भएका हुन्।

पोखरा प्रदर्शनी केन्द्रमा उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो।

मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।