बाबुराम भट्टराई दिल्ली प्रस्थान
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारत प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट भारतको दिल्ली प्रस्थान गरेका हुन् ।
पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौँको निदान अस्पतालमा भर्ना भएका थिए । परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जाने भएका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुने उनको सचिवालयले बताएको छ ।
उपचारका लागि दिल्लीमा रहँदा उनी दिल्लीस्थित नेपाली दुतावासमा बस्नेछन् । उनीसँगै पत्नी हिसिला र उनका प्रेस संगोजक विश्वदीप पाण्डे साथमा रहनेछन् ।
फेसबुक पेज Like गर्नुहोस