सुनको मूल्य हालसम्मकै उच्च, तोलामा २ लाख ७ हजार ९०० पुग्यो
खबर एक्सप्रेस
२०८२-०५-१८ ०१:१६ मा प्रकाशित
Total Shares: 103
काठमाडौं - अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ७ हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला सुन रु २ लाख ५ हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु २ हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर रु २ हजार ४८० कायम भएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस