काठमाडौं - सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व माओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेका छन् ।

स्रोतका अनुसार पुर्व एमाले समुहका मुख्य नेताहरु समेत अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर आफुविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबाबमा परेका हुन् ।

'सरकारलाई सहज हुनेगरि संसद् सञ्चालन गर्ने प्रतिवद्धताका साथ सभामुख पूर्वमाओवादीलाई दिन सकिन्छ भन्ने सोचाइमा प्रधानमन्त्री पुग्नुभएको छ' एक नेताले भने । 

कान्तिपुरबाट