काठमाडौं - चिनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ । 

नेपाल वायुसेवा निगमका चार्टर्ड जहाज आज राति साढे ११ बजे बेइजिङतर्फ प्रस्थान गर्नेछ र सो विमान बेइजिङबाट खोप लिई मंगलबार १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ । मंगलबार दिउँसो चिनियाँ खोप नेपाल आइपुग्नेछ ।

गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्ता भएको । उक्त वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै तत्काल ८ लाख डोज खोप नेपाल ल्याउन लागिएको हो ।

यसअघि चीनले दिएको ८ लाख डोज भेरोसेल खोप प्रयोगमा आइसकेको छ  ।