काठमाडौंको गोंगबुबाट तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ
खबर एक्सप्रेस
२०८२-०५-१७ ०६:५७ मा प्रकाशित
Total Shares: 103
काठमाडौं ।-काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट रु तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘करिब रु तीन करोडभन्दा बढी रकम र ठूलो परिमाणमा सुनका गहना पनि भेटिएका छन्, रकमको संख्या यकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरु भएको छ ।’
आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस