झिमरुक - प्युठानको स्वर्गद्वारी नगरपालिका—७ भिग्रीका करिब ३५ वर्षीय थमुराम कालाथोकी आज मृत अवस्थामा फेला परेका छन् ।

स्वर्गद्वारीको जङ्गलमा वेबारिसे अवस्थामा कालाथोकीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।

झन्डै डेढ महिनाअघि देखि हराइरहेका उनी आज मृत अवस्थामा फेला परेको उनको भनाइ छ । कालाथोकीको शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने पनि उनले बताए ।