काठमाडौं - नेकपा एमाले माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।

ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यहरु दिउँसो १२ बजे छलफलमा बस्ने भएका हुन् । नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए ।

ओलीको यो कदम नीति, विधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डविपरित भएको भन्दै माधवकुमार नेपाल र भीम रावले कारवाही अस्वीकार गरिसकेको छ ।