नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो, आज थप ६२ जनामा पुष्टि खबर एक्सप्रेस २०७९-०३-१५ ०४:३२ मा प्रकाशित Total Shares: 227 काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० वटा नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो । आज १९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २६१ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस