काठमाडौं - विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको लक्ष्मी सन्राइज बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसंग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकाहरु लाभान्वित हुनेगरी विविध सरसामाग्री तथा खाद्यान्न सहयोग गरेको छ ।

यसै क्रममा बैंकले नेपाल बाल संघठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्साल स्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

यसैगरी बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुना बाल गृह र इटहरीमा हेल्पलेस चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेनबो चिल्ड्रेन होम नेपाल लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यु लाइफ चिल्ड्रेन हेभनलगायत सुदुरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकाको लागी विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।