काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको र देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। 

यस्तै गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।