नेपालमा थप २ हजार ८२८ जनामा कोरोना पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७८-०३-०२ ०५:१० मा प्रकाशित
Total Shares: 423
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २८२८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०१४ र एन्टिजेन विधिबाट ८१४ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १४ हजार २१६ र एन्टिजेनबाट २३ हजार २१७ जना पुगेको छ ।
यस्तै, आज थप ३ हजार ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । निको हुनेको दर ८८.५ प्रतिशत छ ।
आज संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ५५८ पुगेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस