काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ६ सयले घटेर ८६ हजार २ सयमा रुपैयाँमा  कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।