शिखर इन्स्योरेन्सका सिइओ दिप प्रकाश पाण्डेको नियुक्ति गैरकानुनी
काठमाडौं - शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे लाई गैरकानुनी रुपमा बीमा समितीले नियुक्ति गरेको छ ।
बीमा समितीका अध्यक्ष चिरञ्जीवी चापागाईंको ठाडो निर्देशनमा पाण्डेलाई थप चार बर्षका लागि करार अवधि थप गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृत गरेको छ ।
शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको अन्तिम पटकको कार्यकाल २०७७ कार्तिक ११ गते सकिन्छ । २०७३ मा पनि पाण्डे लाई समितिका अध्यक्ष चापागाईंले नियुक्ति गर्न नमिल्ने हुँदा हुदै पनि अन्तिम एक पटकको लागी भनेर नियुक्ति दिएको चर्चा चलिरहेको छ ।
अध्यक्ष चापागाईंले बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बिपरित पाण्डे सिइओमा नियुक्ति दिएका छन् ।
२०७३ को करार स्वीकृतिमा प्रष्टरूपमा लेखिएको छ । बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ को दफा २८ बमोजिम अन्तिम एक पटकको अबधिको लागि शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको लाई अन्तिम एक पटकको कार्यकालको लागी स्वीकृति प्रदान गरिएको भनेर लेखिएको छ ।
बीमा समितीमा पनि कानुन शाखाका प्रमुख बिरोध भट्ट बाट राय लिनुपर्नेमा भट्ट बाट राय लिदा नमिल्ने बताए पछि उजुरी शाखा बाट मिल्छ भनेर अध्यक्ष चापागाईंले लेख्न लगाइएर राय लियको बुझिएको छ ।
पाण्डे लाई बीमा समितीले दिएको गैरकानुनी नियुक्ति माथी तत्काल छानबिन हुन जरुरी छ ।
फेसबुक पेज Like गर्नुहोस