नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबिच सम्झौता
खबर एक्सप्रेस
२०७८-०६-१९ ०५:१५ मा प्रकाशित
Total Shares: 182
काठमाडौं - नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेका छ ।
मंगलबार नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङबिच उक्त सम्झौतापत्र आदानप्रदान भएकाे हाे ।
यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस