‘विद्युत प्रवाह हुँदा प्रसारणमा अवरोध भएको हो, लोडसेडिङ हैन’
काठमाडौं - पछिल्ला दिनहरुमा विभिन्न सञ्चारमाध्यममा बत्ती झ्याप्प झ्याप्प गइरहेको, अघोषित लोडसेडिङ शुरु भएको, विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको समाचारप्रति नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको छ ।
बिहिबार प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले एक विज्ञप्ती जारी गर्दै भारबहन प्रणालीमा क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय सेवा अवरुद्ध भएको बताएका छन् । साथै, विगत ३ वर्षदेखि लोडसेडिङ अन्त्य भएको बताइएको छ ।
'राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ हैन । तथापी त्यस्तो अवरोध न्युनीकरण र निकारण गर्न सक्षम छ र सदैव प्रयासरत छ ।' जारी विज्ञप्तीमा भनिएको छ ।
साथै, पुष १३ र १४ गते विद्युत प्रणालीमा प्राविधिक समस्या आएको कारण सेवा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस