धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक सुत्केरीको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी
काठमाडौं - धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी ती महिलालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो । ९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् ।
कोरोनाको संक्रमणको आशंकामा उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । यसअघि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट एन्टिबडी पोजेटिभ आएको थियो ।
उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको अस्पताल स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस