साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-१२-१७ ०४:४७ मा प्रकाशित
Total Shares: 678
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
उनले फरक प्रसंगमा देशमा संकट नपरेको पनि दाबी गरेका छन्। व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने उनको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस