काठमाडौं - साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वाधिक कारोबार भएको छ । आज नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । यसअघि २०७८ जेठ ३० गते आइतबार नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको कारोबार भएको थियो ।

आज नेप्से २४.५७ अंकले घटेर ३ हजार १५४ दशमलब ३४ विन्दुमा थामिएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तिय संस्था, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् । 

नेप्सेका अनुसार एनआईबीएल प्रगति फण्ड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।