काठमाडौं - संसद पुनर्स्थापना गर्न सर्वोच्च अदालतले आदेशसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षधरहरुले खुसियाली मनाएका छन् ।

मंगलबार साँझ सर्वोच्चले संविधान मर्मविपरीत भएको हुँदा संसद पुनःस्थापना गर्न आदेश दिएपछि उक्त निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले सडकमा निस्किएर खुसियाली मनाएका हुन् । माइतीघरमा दिप प्रज्वलन पनि गरिएको छ ।