सशस्त्र प्रहरीमा ५ महिनाछि अघि बढ्यो डिआइजी बढुवा प्रक्रिया
काठमाडौं - सशस्त्र प्रहरी बलमा साढे ५ महिनादेखि रिक्त रहेको डिआइजी पदमा बढुवा प्रक्रिया सुरु भएको छ ।
बढुवा सिफारिस समितिले शुक्रबार मूल्याङकन फारम भर्न सूचना प्रकाशन गरेको छ।
बढुवा समितिका सदस्यसचिव एआइजी बंशीराज दाहालद्वारा जारी सूचनामा शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने कागजपत्र पेश गर्न भनिएको छ ।
सशस्त्र प्रहरीमा डिआइजीका तीन पद रिक्त छन्। जसमा बरियताका आधारमा कृष्ण पाठक, मनीष थापा र कृष्ण ढकाल अगाडि छन्।
पाठक प्रहरीबाट स्थानान्तरण भएका अधिकृत हुन् भने थापा र ढकाल सिंस १ का हुन् । सिंस २ का एसएसपी दिपेन्द्र कुँवर पनि बढुवाको लागि लागिपरेका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजीज्वाई हुन्।
बढुवामा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दबाब कत्तिको थेग्न सक्छन् प्रतिक्षाको विषय बनेको छ।
फेसबुक पेज Like गर्नुहोस