सरकारले फायर फाइटर हेलिकोप्टर किन्ने
खबर एक्सप्रेस
२०७७-१२-२४ ०६:०४ मा प्रकाशित
Total Shares: 252
काठमाडौं - सरकारले अग्नि नियन्त्रक (फायर फाइटर) हेलिकोप्टर किन्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा यसबारे छलफल भई प्रक्रिया अघि बढेको वनमन्त्री प्रेम आलेले जानकारी दिए ।
सरकारले डढेलो नियन्त्रणको दीर्घकालिन समाधानका लागि अग्नि नियन्त्रक किन्न लागेको मन्त्री आलेको भनाई छ । हरेक वर्ष मुलुकभरका जंगलमा फैलिएको डढेलो नियन्त्रणबाहिर जान थालेपछि सरकारले फायर फाइटर विमान किन्न लागेको हो ।
फायर फाइटर विमान चैत, वैशाख, जेठ र असार ४ महिना अग्नि नियन्त्रणका लागि प्रयोग गर्ने र बाँकी समय अन्य व्यावसायिक प्रयोजनमा लगाउन सकिनेबारे समेत छलफल भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस