काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने तयारी भएको छ।

आइतबारको मन्त्रिपरिषद् बैठकले राजस्व र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालयमा र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा फर्काउने निर्णय गर्न सक्ने स्रोतले जानकारी दिएको छ।