काठमाडौं - सरकारले तीन देशमा राजदूत सिफारिस गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सोमवार बसेको मन्त्रिपरिषद बैठकले बेल्जियम र युरोपियन युनियन, पाकिस्तान र जर्मनीका लागि राजदूत सिफारिस गरेको जानकारी दिएका हुन् ।

बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरिएको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता डा. खतिवडाले परराष्ट्र मन्त्रालयले गरेको सिफारिसका आधारमा राजदूतहरू सिफारिस भएको जानकारी दिए ।

उनीहरूलाई संसदीय सुनुवाईपछि राजदूत नियुक्त गरिनेछ ।