हस्ताक्षर संकलन गरेर आयोग जाँदै नेपाल पक्ष
खबर एक्सप्रेस
२०७८-०५-०२ ०२:०२ मा प्रकाशित
Total Shares: 264
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटेलमा हस्ताक्षर संकलन कार्य भैरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । हस्ताक्षर संकलन गरिसकेपछि निर्वाचन आयोग जाने उनीहरूको तयारी छ ।
आजै नयाँ दल दर्ता गर्ने ती केन्द्रीय सदस्यल बताए । जारी अध्यादेश अनुसार संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याए नयाँ पार्टी खोल्न सकिने छ । नेपालपक्षकाे नयाँ पार्टीको नाम नेकपा एमाले(समाजवादी) राख्ने तयारी गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस